MENU

Fun & Interesting

जीवनको फल दिन आउनुभएका आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Video Not Working? Fix It Now

[बाइबलको गुप्त रहस्य, मृत्यु र जीवनको चाबीचाहिँ केवल परमेश्वरमा मात्र छ] असल र खराबको ज्ञान दिने रूखको फल खाएको पापचाहिँ अदनको बगैँचामा आदम र हव्वाबाट सुरु भएर मानव-जातिमा हस्तान्तरण हुँदैआएको छ । मानव-जातिलाई पापबाट मुक्त हुनको निम्ति, खायो मात्र भने अनन्त जीवन पाउन सकिने ‘जीवनको फल’को सत्यता आवश्यक पर्छ । जीवनको फल लिएर आउनुभएका आन साङ होङज्यू र स्वर्गीय माताको बलिदान र प्रेमलाई महसुस गरेर सारा हृदयले सत्यता पालन गर्ने मानिसहरू मात्र मृत्युको पापबाट मुक्त हुन सक्छन् । [विश्वभर निस्तार-चाड मान्ने एकमात्र मण्डली नै ‘परमेश्वरको मण्डली’ हो] मुक्ति पाएर स्वर्ग-राज्य प्रवेश गर्न चाहने मानिसहरूबाट मृत्युको पाप हटाउनुपर्छ, जुनचाहिँ आदमबाट आएको थियो । तसर्थ आन साङ होङज्यूले दोस्रो पल्ट यस पृथ्वीमा जीवनको फलको सत्यता नयाँ करार निस्तार-चाड लिएर आउनुभयो । उहाँले मानव-जातिको सम्पूर्ण पाप क्षमा गरिदिनुभएर स्वर्गको उत्तराधिकार प्रदान गर्नुभयो । १ यूहन्ना २:२५ उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो– अनन्त जीवन । यूहन्ना ६:५३-५४ येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, ...” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne

Comment