MENU

Fun & Interesting

यात्री र घुमन्ते | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Video Not Working? Fix It Now

[यात्रीको रूपमा जिउनेहरू र घुमन्ते मानिसको रूपमा जिउनेहरूबीचको भिन्नता] येशूज्यूले धनी मानिस र लाजरसको दृष्टान्तद्वारा मानव-जातिलाई यो पृथ्वीको जीवन नै समाप्ति होइन भनेर जानकारी दिनुभयो । लाजरस यस पृथ्वीमा गरीब भए पनि स्वर्गको आशा लिएर यात्रीको रूपमा जियो, अनि उसले अन्ततः खुशी पायो । अर्कोतर्फ, धनी मानिसले विलासी जीवन जिए तापनि घुमन्ते जीवन जियो । उसले स्वर्गको तयारी गर्न नसकेर अन्ततः नरकको कष्ट भोग्यो । [स्वर्ग फर्कने बाटो अर्थात् नयाँ करार प्रचार गर्ने परमेश्वरको मण्डलीका सन्तहरू] आन साङ होङज्यू र माता परमेश्वरले मानव-जातिलाई “हामी यस पृथ्वीमा परदेशी र यात्रीहरू हौं” भनेका अब्राहाम र मोशाजस्ता विश्वासका पुर्खाहरूको गवाही दिनुभयो । बाइबलका यी अभिलेखहरूद्वारा उहाँहरूले सबै मानव-जातिलाई उनीहरूको साँचो घर स्वर्ग-राज्य हो भन्ने वास्तविकता बोध गराइदिनुभयो । हिब्रू ११:१३ प्रतिज्ञा गरिएको कुरा प्राप्त नगरी यिनीहरू सबै विश्वासैमा मरे, तर टाढ़ैबाट त्यसलाई देखेर स्वागत गरी तिनीहरूले मानिलिए, कि तिनीहरू यस पृथ्वीमा परदेशी र प्रवासी थिए । यूहन्ना १४:१-३ “तिमीहरूको हृदय व्याकुल नहोस् । तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर । मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन् । ... तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु ? ... जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne

Comment