[परमेश्वरले प्रत्येक व्यक्तिको
विश्वासको स्तरलाई कसरी नाप्नुहुन्छ ?]
परमेश्वरको वचनमा आज्ञाकारी भएमा हामीले आफ्नो विश्वास
कत्तिको राम्रो छ भनेर जान्न सक्छौं । सत्यतामा जति
लामो समय बिताउँछौं, उति नै हाम्रो आज्ञाकारिता र विश्वास
गहिरो हुनुपर्छ । तर शाऊल राजाले जस्तै आफ्नै इच्छाअनुसार गरियो भने
परमेश्वरले प्रदान गर्नुभएको सम्पूर्ण अनुग्रह फिर्ता लिनुहुनेछ ।
[सुरुमा लिइएको मन र विश्वासद्वारा
परमेश्वरको वचनमा आज्ञाकारी हुनुपर्ने कारण के होला ?]
पवित्र आत्माको युगमा मुक्तिदाताको रूपमा आउनुभएका
आन साङ होङज्यूले आदिदेखि अन्तसम्म सबै हेर्नुभएर
मानव-जातिको निम्ति मुक्तिको कार्य गर्दैहुनुहुन्छ ।
तसर्थ परमेश्वरको मण्डलीका सन्तहरू उहाँको वचनलाई
विश्वास गर्दै जुनसुकै अवस्थामा पनि अब्राहाम
र गिदोनझैँ आज्ञाकारी हुन्छन् ।
१ शमूएल १५:२२-२३
“आज्ञापालन बलिदानभन्दा उत्तम हो, र उहाँको वचन मान्नु
भेड़ाको बोसोभन्दा असल हो । उहाँको आज्ञा उल्लङ्घन गर्नु
तन्त्रमन्त्रको पापजस्तै हो, र हठी हुनु मूर्तिपूजा गर्नुजस्तै खराब हो ।
तपाईंले परमप्रभुको वचनलाई त्याग्नुभयो, यसैले परमप्रभुले पनि
तपाईंलाई राजाको पददेखि त्याग्नुभएको छ ।”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne