बिहान ७ बजेको कान्तिपुर समाचार, २० जेष्ठ २०८२ | Kantipur Samachar
आजका मुख्य समाचार,
* आईसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित / करण केसीको असाधारण प्रदर्शन / नेपालले भोलि नेदरल्यान्ड्सको सामना गर्ने ।
* संसद्को अवरोध हटाउने विषयमा प्रमुख तीन दलबीच जुटेन सहमति / गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको अडान कायमै / प्रतिनिधि सभाको आजको बैठक प्रभावित हुन सक्ने ।
* सात वर्षअघि नै खारेज भएको सिन्डिकेटसामु मध्यरातमा सरकारले घुँडा टेक्यो / यातायात व्यवसायीसँगको सहमतिले प्रदेश सरकारको अधिकारमा संघको ठाडो हस्तक्षेप ।
* सिरहाको थलहामा दलित बस्तीको बाटो छेकिने गरी मन्दिरमा पर्खाल निर्माण / स्थानीयले विरोध गर्दासमेत कसैले चासो नदिएको स्थानीयको गुनासो ।
* रुस र युक्रेनबीच इस्तानबुलमा भएको शान्ति वार्ता सकारात्मक / बालबालिका, घाइते र मृतक सैनिक आदानप्रदान हुने / ३० दिने युद्धविराममा भने जुटेन सहमति ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम YouTube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग YouTube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?sub_confirmation=1
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/kantipurtvhd
Instagram: https://www.instagram.com/kantipurtvhd