MENU

Fun & Interesting

सरकारको वेवास्ताले डढेलोले भयावह अवस्था निम्त्याइरहेको छ : डढेलोविज्ञ सुन्दर शर्मा

Tanneri Chaso 104 lượt xem 1 week ago
Video Not Working? Fix It Now

नेपालमा हरेक वर्ष आगलागी र डढेलोका सैयौं घटना हुने गर्छन् । यी घटनामा ठुलो मानवीय र भौतिक क्षति हुने गरेको छ । यो वर्ष त झन हावाहुरीको सिजन सुरु हुनुभन्दा पहिले नै आगलागी र डढेलोको घटना सुरु भइसकेको छ । पछिल्लो एक हप्तामा मात्रै आगलागीका घटनाबाट १४ जनाको मृत्यु भएको छ भने १०२ जना घाइते भएका छन् ।

अघिल्लो वर्ष डढेलोका घटनामा परि १७ जनाले ज्यान गुमाए । यो भयावह अवस्था निम्त्याउने विपदमा किन सरकारको पूर्व तयारी पर्याप्त छैन ? तीन तहका सरकारले आगलागी र डढेलोका घटना नियन्त्रणका लागि कस्तो काम गर्नुपर्छ ? नागरिकको भूमिका चाहिँ कस्तो हुन्छ ?

कार्यक्रम विपद्का कुराको यो अंकमा हामीले डढेलो विज्ञ सुन्दर शर्मासँग कुराकानी गरेका छौँ ।#TanneriChaso

Comment