यो भिडियोमा विशेषगरी मैले माछा पाल्ने किसानसँग कुरा गरेको छु। माछा पाल्दाखेरि कस्ता कस्ता कुराहरुमा ध्यान दिनुपर्छ कस्ता कस्ता समस्याहरु आउँछन् सबै कुराहरु मैले समेट्ने प्रयास गरेको छु।
करिब २० २२ वर्षदेखि माछापालन गर्दै आउनुभएका कृषक जसले अहिलेसम्म करिब ७ कट्ठा पोखरीमा वार्षिक रु. २ लाख रुपैयाँ आम्दानी गर्ने गर्नुभएको छ।
हरेक किसानबाट एउटा नयाँ कथा ल्याउने जमर्कोका साथ यो भिडियोमा पनि हजुरहरूको लागि दाना कसरी बनाउने कस्तो खाले दाना दिने कसरी माछाको साइज एकदमै ठूलो बनाउने भन्ने कुराको बारेमा जानकारी दिने जमर्को गरेको छु।