MENU

Fun & Interesting

स्वर्गको परिवार र माता परमेश्वर | परमेश्वरको मण्डली

Video Not Working? Fix It Now

“के बाइबलमा साँच्चै माता परमेश्वर हुनुहुन्छ ?” भन्ने प्रश्नमा बाइबलको उत्तर सबै मण्डलीहरू परमेश्वरलाई ‘पिता’ भनेर सम्बोधन गर्ने कुरामा सहमत छन् । इतिहासमा मानव-जातिले पिता परमेश्वर एक जनालाई मात्र विश्वास गर्दै सेवा गरेका छन्, तर बाइबलमा मानव-जातिले जीवन पाएर अनन्त स्वर्ग-राज्य प्रवेश गर्नको निम्ति माता परमेश्वर अस्तित्वमा हुनैपर्छ भनेर हामीलाई बारम्बार सिकाइएको छ । परमेश्वरले बनाउनुभएका सबै थोकलाई हेऱ्यो भने माता परमेश्वर स्पष्ट देखिन्छ परमेश्वरले समुद्रका माछा, जमिनका जनावरहरू, आकाशका चराहरू, वनस्पति र मानिसलाई समेत आमाद्वारा जीवन पाउने गराउनुभएको चाहिँ सबै प्राणीहरूको प्रबन्धद्वारा हामीलाई माता परमेश्वरबारे महसुस गराउनको निम्ति हो । प्रकाश ४:११ “हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए, र तिनको सृष्टि भयो ।” उत्पत्ति १:२७ यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne

Comment