MENU

Fun & Interesting

परमेश्वरको व्यवस्था र विचारको फल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Video Not Working? Fix It Now

परमेश्वरले व्यवस्था स्थापना गर्नुभएको चाहिँ मानव-जातिको हर्षपूर्ण भविष्यको निम्ति हो यदि हामीले नयाँ करारको सुसमाचारमा विश्वास गऱ्यौं, परमेश्वरको व्यवस्थालाई सही तरिकाले बुझेर त्यसलाई पालन गऱ्यौं भने हामीले अनन्त जीवन पाउन सक्छौं, अनि परमेश्वरको उत्तराधिकारी भएर राजकीय पूजाहारी बन्न सक्छौं । अनि परमेश्वरको व्यवस्थाले हामीलाई ख्रीष्ट आन साङ होङज्यू र नयाँ यरूशलेम स्वर्गीय माताकहाँ डोऱ्याएर अनन्त मुक्तिमा डोऱ्याउनेछ । परमेश्वरको मण्डलीका सन्तहरूले ख्रीष्टको व्यवस्था, नयाँ करार सारा हृदयले पालन गर्नुको कारण यशैया लगायतका अगमवक्ताहरूले “परमेश्वरको व्यवस्था पालन नगरे पनि हुन्छ’ भन्ने विचारले अन्ततः पृथ्वीमा धेरै विपत्तिहरू ल्याउँछ भनेर जानकारी दिएका छन् । परमेश्वरको व्यवस्थाको वचन पालन गर्ने मानिसहरूले हर्ष, खुशी र शान्तिको अनुभव गर्नेछन् भने परमेश्वरको व्यवस्थालाई इन्कार गर्ने मानिसहरूले आफ्नो विचारको फलस्वरूप विपत्ति र सराप भोग्नेछन् । यर्मिया ६:१८-१९ यसकारण तिनीहरूलाई के हुनेछ ? हे जाति-जातिका मानिस हो, सुन । हे गवाही दिने हो, सो हेरिराख । हे पृथ्वी, सुन् । म यस प्रजामाथि सर्वनाश ल्याइरहेछु, जो तिनीहरूकै युक्तिको फल हो, किनभने तिनीहरूले मेरा वचनमाथि ध्यान दिएनन्, र मेरो व्यवस्थालाई चाहिँ तिनीहरूले इन्कार गरे । २ थेसलोनिकी १:७-८ र तिमी कष्ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्छ । यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ । परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne

Comment