मुद्दा सम्बन्धी महत्वपुर्ण जानकारी
मुद्दा भनेको के हो ?
देवानी मुद्दा भनेको के हो ?
फौजदी मुद्दा भनेको के हो ?
सरकारवादी मुद्दा भनेको के हो ?
दुनियावादी मुद्दा भनेको के हो ?
मुद्दा भनेको के हो ?
अदालतमा गरिएको मामिला, व्यवहार, दावी, नालिश ।
कानूनद्वारा प्रदत्त हक अधिकार उल्लघंन भएको अवस्थामा सो को प्रचलनको लागि वा कानूनले कसूरजन्य घोषित गरेको कार्यलाई दण्ड सजाय दिलाउने, क्षतिपूर्ति भराउने माग दावी लिई अदालतमा परेको इन्साफ गरी ठहर निर्णयमा पुग्नुपर्ने भगडा वा विवादलाई मुद्दा भनिन्छ ।
मुद्दाको प्रकृतिको आधारमा देवानी र फौजदारी गरी दुई प्रकारको हुन्छ ।
यसैगरी, मुद्दा दायर गर्ने पक्षको आधारमा दुनियावादी र सरकारवादी गरी दुई प्रकारका मुद्दा हुन्छन् ।
देवानी मुद्दा भनेको के हो ?
देवानी मानिसहरूको वैयक्तिक अधिकार र उपचार जनाउने ।
देवानी मुद्दा भन्नाले कानून बमोजिम फौजदारी मुद्दाको रुपमा परिभाषित गरिए बाहेकका कानूनी हक, दायित्व, हैसियत, पद, पारिवारिक सम्बन्ध वा सम्पति सम्बन्धी मुद्दा समझनुपर्छ ।
नाता कायम वा सम्बन्ध विच्छेद, दस्तुर पारिश्रमिक, तलव भत्ता, ज्याला, क्षतिपुर्ति, अंश, अपुताली, दान बकस, इच्छापत्र, संरक्षक, मातृत्व तथा पैत्रिक अख्तियारी, धर्म पुत्र, धर्मपुत्री सम्बन्धी, कुनै करार, दुष्कृति, क्षतिपुर्ति र सुविधाभार सम्बन्धी मुद्दाहरू देवानी मुद्दाअन्तर्गत पर्दछन्। (मुलुकी देवानी संहिता, २०७४ को दफा-२(घ))
व्यक्तिको अपहरित हक अधिकारको पुनस्थपना र क्षतिपूर्ति दिलाउने भराउने काम देवानी मुद्दाबाट हुन्छ ।
फौजदी मुद्दा भनेको के हो ?
फौजदारी अपराध कानून वा अपराधको स्वाभाव भएको कुरासँग सम्बन्धीत ।
फौजदारी कानूनको उल्लंघनकर्तालाई सजायको माग गरी गरिने मुद्दालाई फौजदारी मुद्दा भनिन्छ ।
फौजदारी मुद्दामा कसूर कयम भएमा कसूरदारलाई कानून अनुसार जरिबाना वा कैद वा दुवै सजाय हुन्छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २(ठ) ले गरेको परिभाषा अनुसार फौगदारी मुद्दा भन्नाले अनुसूची-१, अनुसूची-२, अनुसूची-३ वा अनुसूची-४ अन्तर्गतका कसूर सम्बन्धी मुद्दा सम्झनुपर्छ ।
#मुद्दा #देवानीमुद्दा #फौजदारीमुद्दा #कानून #न्यायसेवा #Awasar