व्यावसायिक मौरीपालन प्रविधि
मौरीपालन निम्न आय भएका महिला, विपन्न तथा पिछडिएका वर्गदेखि आम नेपालीले गर्न सक्ने व्यवसाय भएको हुँदा नेपाल जस्तो जैविक विविधताले भएको देशमा यसको छुट्टै पहिचान र महत्त्व छ ।
प्रकृतिमा उपलब्ध भएका विभिन्न पुष्परस तथा कुट सङ्कलन गर्न विचरण गर्दै परागसेचनमा मौरीले उल्लेखनीय भूमिका खेल्छन् । तिनलाई उपयुक्त वातावरणको व्यवस्था गरी आधुनिक तरिकाले पाल्नु नै मौरीपालन हो ।
आधुनिक खेती प्रणालीमा विशेषगरी बालीहरूमा परागसेचनको लागि मौरी प्रभावकारी कीरा मानिन्छ । त्यसैले मौरीपालनबाट समग्र कृषि क्षेत्रमा लाभ लिन सकिन्छ ।
मौरीपालनको इतिहास
२०३२/३३ सालदेखि व्यावसायिक कीट विज्ञान आयोजनाअन्र्तगत मौरीपालन कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ । २०४३/४४ सालमा मौरीपालन केन्द्र स्थापना भइ २०४४ साउनमा मौरीपालन तालिम तथा प्रसार सेवा आयोजना लागू भएको हो । त्यस्तै, २०५१/५२ सालमा मौरीपालन विकास शाखाको स्थापना भइ हालसम्म मौरीपालन सम्बन्धि विविध कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले मौरीचरन, मौरीका वंश सुधार, मौरी प्रजाति संरक्षण, परागसेचन क्षमता अध्ययन तथा पुस्तक, पुस्तिका प्रकाशनलगायतका काम गर्दै आएको छ । नीजि क्षेत्रहरूले पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।
नेपालमा एपिस मोलिफेरा मौरी भित्रिएपछि परम्परागत मौरीपालन पद्धतिमा परिवर्तन आएको देखिन्छ । व्यावसायिक मौरीपालनले कृषकहरूको आर्थिक विकासमा टेवा पु-याएको छ । यसले रोजगारीमा वृद्धि हुनुको साथै बालीबिरुवाहरूको लागि परागसेचकको काम गरेको छ । जसले गर्दा अन्य बालीहरूको उत्पादनमा गुणात्मक एवं परिणात्मक वृद्धि हुनुको साथै वातावरण संरक्षणमा समेत सहयोग पुगेको छ ।
मौरीपालन व्यवसाय सुरु गर्दा ध्यान दिनुपर्ने कुराहरू:
१. मौरी जातको छनोट
सेरेना मौरी : उच्च पहाड, मध्य पहाड र उपत्यका ।
मेलिफेरा मौरी : तराई, भित्री, मध्य पहाडी क्षेत्रको समथर भू–भाग र उपत्यका ।
२. चरन क्षेत्र छनोट:
स्रोतको पहिचान
फूल फुल्ने समयमा बारेमा जानकारी
सुरक्षित स्रोतको जानकारी
सुरक्षित स्रोतको जानकारी