भित्र परिक्षा चलिराछ बाहिर शिक्षाकको पद चैट l विद्यार्थी , शिक्षक, मिलेर अध्यक्षको राजिनामा माग्दै l
तनहुँको व्यास नगरपालिका–७ कलेस्ती स्थित क्यामिन मावि विव्यास समितिले गरेको निर्णय फिर्ता लिएको छ । सहायक प्रधानाध्यापक रुपा घिमिरेलाई हटाएर शिक्षक दयाराज कट्टेललाई राख्ने निर्णय फिर्ता लिएको हो । अहिले उक्त पद रिक्त रहेको विद्यालयका प्रधानाध्यापक सूर्यमणि पौडडेलले जानकारी दिनुभयो । अहिले खाली छ,उहाँले भन्नुभयो एक महिनापछि पुन ः विज्ञापन खुलाएर व्यवस्थापन गरिनेछ । अभिभावक र विद्याथीको मागलाई संम्बोधन गरिएको उहाँले बताउनुभयो । बिना कारण सहायक प्रअ घिमिरेलाई हटाएर समितिले ज्यादती गरेको भन्दै अभिभावक र विद्यार्थी समिति बिरुद्ध उत्रिएका थिए । समितिले शिक्षक घिमिरेको आत्मसम्मानमा पर्न गएको चोटलाई ससम्मान फिर्ता गर्ने निर्णय गरेको छ भने शिक्षक घिमिरेमाथि लगाइएको अनावश्यक लाञ्छाना पनि हटाएको जनाइएको छ । विसं २०८१ जेठ ३० गते विद्यालय व्यवस्थापन समिति गठन भएको थियो । समिति गठन भएको छोटो अवधिमै व्यक्तिगत रिसाइबी साँधेर समितिले सहायक प्रअ घिमिरेलाई हटाइएको भन्दै शिक्षक,अभिभावक र विद्यार्थी बिरोधमा उत्रिएका थिए । समितिका अध्यक्ष अध्यक्षमा महेश न्यौपानले नियम बिपरीत शिक्षक घिमिरेलाई हटाउन खोज्दाको परिणाम समिति चर्को विवादमा परेको थियो । अध्यक्ष न्यौपानेलाई पहिलो गाँसमा गतिलो ढुंगा लागेकाले आगामी कार्यकाल कस्तो रहला भन्ने बिषयले यतिबेला चर्चा पाउन थालेको छ । विद्यालयमा विवाद चकिएको जानकारी पाएपछि दमौलीबाट घट्नास्थलमा पुगेका संचारकर्मीहरुले घट्नाका बारेमा उजागर गरेका थिए ।
Part1
#tanahunnews
#tanahuntaranga
#tanahunkalesti
#kyminmabi
#Sureshsenchuri
#schoolnewsupdates
#livereporting
तनहुँ तरङ्ग टेलिभिजन ( युटुब च्यानल ) आधिकारीक रुपमा दतागरिएको तनहुँबाट प्रकाशित हुने राट्रिय पत्रिका तनहुँ तरङ्ग पत्रिका र उत्त पत्रिकाको आधिकारीक (ओइबसाईट) अनलाइ न्युज https://tanahuntaranganews.com द्वारा सञ्ंचालित च्यानल हो । यस च्यनलमा सुचना , सन्देश , मनोरञ्जनात्मक भिडियो वा समचारमुलक बिषय–बस्तु प्रशारण गरीने छ । यस च्यानलमा प्रसारीत सामाग्रीले तपाई प्रती कुनै असर पर्न गएमा वा एस च्यानलवा¥य कुनै सुझाब भएमा हामीलाइ मेल गर्न सक्नुहुनेछ ।
Email : [email protected]
Website : https://tanahuntaranganews.com