MANN OFFICIAL SONG BY KHENPO PEM TSHERI SHERPA FT. SUSHANT KHATRI
Singer: Khenpo Pem Tsheri Sherpa
Lyrics : Durga Lal Sherestha
Music compose: Nhyoo Bajracharya
Arrange: Gopal Rasaily
Mixing/Mastering: Shyam Bagdash
Recordist: Bhanu Bhakta Dhakal
Studio: Doremi Recordings Studio Jamal Ktm
मन अरे यो मन
कस्तो हो यो मन
मलाई नै छक्काउँछ
मेरो आफ्नै मन २
कस्तो हो यो मन २
मेरो आफ्नै मन
बाढी आउँदा नदिमा
उठे जस्तै छाल
ममाथी नै हाल्छ मनले
तरंगको जाल
भूलै भूल को फुल जस्तो
रहेछ यो मन २
कस्तो हो यो मन २
मेरो आफ्नै मन
भन्न त म भन्छु मन
देख्दिनँ तर
तरै पनि पर्नु पर्छ
यसैको म भर
छैन तर किन भन्छु
बारम्बारै मन २
कस्तो हो यो मन २
मेरो आफ्नै मन
छ भन्नु नै साँचो हो त
हो है छैन छैन
संसार संसार भन्छौ हामी
त्यो नि केही हैन
म कहाँ छु थाहा छैन
खोज्छु तर मन २
कस्तो हो यो मन २
मेरो आफ्नै मन