महिलाहरूले नौमतीबाजा बजाउँदा झुम्यो लुकसान,क्षितिज नौमतीबाजा व्यवस्थापन समिति विर्तामोड नेपाल टोलिले जित्यो सबैको मन बन्यो खस हितकारी अधिवेशन भव्य।
गत २२जनवरी भारतिय खस हितकारी सम्मेलन लुक्सान आन्चलिक समितिको आयोजनामा ९ औं केन्द्रीय महाधिवेशन सम्पन्न भएको थियो। त्यस अधिवेशनमा विर्तामोड झापा पूर्विय नेपालबाट खस महिलाहरुको क्षितिज नामक नौमती बाजा टोली पनि आएका थिए। अहिले यता नौमती बाजा नै प्राय नपाउने स्थिति मा महिलाहरुको नौमती बाजा त्यहीमाथि खस समुदायबाट सबैमा एक किसिमको कोतुहुलता , उल्लास । सबैले यिनिहरुको कलाको खुबै प्रशंसा गरे , त्यसरी नै आयोजक खस हितकारी सम्मेलन लुक्सान आन्चलिक समितिको पनि। अजय खड्का र प्रमेश छेत्री द्वारा त्यार पारिएको रिपोर्ट।