तपाईंको घरमा मोल्ड रोक्ने र सफा गर्ने तरिकाहरू
सामग्री, कपडा र फर्निचर लगायत जहाँ पनि ओसिलो हुन्छ त्यहाँ ढुडि आउँन सक्छ।
यसले दम भएका मानिसहरूलाई असर गर्छ, र यसलाई कसरी हटाउने भनेर बुझ्न महत्त्वपूर्ण हुन्छ।
यसले दम बढाउन सक्छ, टाउको दुख्ने, थकान लग्ने, आँखा र छालामा जलन, एलर्जी जस्तै थप कुराहरू निम्त्याउन सक्छ। तपाईंको शरीरको प्रतिक्रिया ढुडि को प्रकार, ढुडि को मात्रा, तपाईं कति समयसम्म ढुडि को वरिपरि हुनुहुन्छ, तपाईंको स्वास्थ्यमा निर्भर गर्दछ।
यो भिडियो ढुडि लाई रोक्न र हटाउने बारे केही सामान्य सुझावहरू साझा गरेर सुरु हुनेछ, र बाढीले तपाईंको घरमा ढुडि निम्त्याउँछ भने के गर्ने भन्ने बारे कुरा गर्नेछौं।
यदि तपाईंले अपार्टमेन्ट भाडामा लिनुभएको छ भने, समस्याहरूको बारेमा आफ्नो घरधनीसँग कुरा गर्नुहोस्।तपाईंको घरधनीले ढुडि समस्यालाई सम्बोधन गरर्दैनन भने तपाईंले अग्नि सुरक्षा विभागमा उजुरी दर्ता गर्न सक्नुहुन्छ।
यदि तपाईंको घरमा ढुडि समस्या छ भने, तपाईंको अधिकार, जिम्मेवारी वा बस्ने अवस्थाको बारेमा प्रश्नहरू छन् भने, मद्दत गर्न मानिसहरू छन्।
यदि तपाईंलाई मद्दत चाहिन्छ भने मद्दतको लागी भर्मन्ट टेनेन्ट कार्यालयलाई (८०२) ८६४-००९९ (802) 864-0099 मा सम्पर्क गर्न सक्नुहुन्छ वा यस ठेगानामा इमेल सक्नुहुन्छ।
थप जानकारीको लागि यस वेबसाइटमा जानुहोस्।
आफ्नो घरबाट अतिरिक्त पानी र ओसिलोपनलाई बाहिर राख्नु मोल्डको वृद्धि रोक्नको लागि धेरै महत्त्वपूर्ण छ।
पानी भित्र पस्नबाट रोक्नको लागिपानी चुहिने छाना, गटर, झ्याल र पाइपहरू ठीक गर्न निश्चित गर्नुहोस्, पानीलाई आफ्नो घरको जग बाट पनि टाढा राख्नु महत्त्वपूर्ण हुन्छ।
घर भित्र, तपाईंको कापडा सुकाउने मेसिन, भान्सा घर र बाथरूमका पङ्खा चलिरहेको छ भनी सुनिश्चित गर्नुहोस्। विशेष गरी तपाईंको बेसमेन्ट जस्ता ओसिलो ठाउँहरू को लागी डि ह्युमिडिफायर मेसिन किन्न सक्नुहुन्छ। डिह्युमिडिफायर ४० देखि ६० प्रतिशतसम्म राख्ने प्रयास गर्नुहोस्।
सामानहरू सुख्खा राख्न मद्दत गर्न आफ्नो घरमा सही प्रकारको इन्सुलेशन प्रयोग गर्न निश्चित गर्नुहोस्।
मोल्ड हटाउने मोल्डको लागि परीक्षण आवश्यक वा सिफारिस गरिएको छैन। परीक्षणहरूले भवन सुरक्षित वा असुरक्षित छ भनेर भन्न सक्दैन। तपाईंको भवनमा कति वा कस्तो प्रकारको मोल्ड छ भन्ने कुराले फरक पार्दैन, तपाईंले मोल्ड भएका वस्तुहरू हटाउनुहोस्, ठाउँलाइ सुकाउनुहोस्, र पानी वा ओसिलोपनको समस्या समाधान गर्नुहोस्।
यदि मोल्ड भएको क्षेत्र १० फिट भन्दा कम वा लगभग तीन मिटर छ भने तपाईंले आफैं मोल्ड सफा गर्न सक्नुहुन्छ। लामो बाहुला लामो बाहुला भएको कपडा, प्यान्ट, पानी नछिर्ने जुत्ता,पन्जा, चश्मा, र N95 मास्क लगाएर आफूलाई सुरक्षित राख्न निश्चित गर्नुहोस्। मोल्ड सफा गर्ने क्रममा बालबालिका, श्वासप्रश्वास समस्या भएका व्यक्तिहरू र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू उपस्थित हुनुहुँदैन। प्लास्टिक वा गिलास जस्ता पानी नसोस्ने चीजहरूमा मोल्ड सफा गर्न साबुन र पानी प्रयोग गर्नुहोस्।
पानीले सजिलै सोस्ने कार्पेट जस्ता सामग्रीहरू फ्याँक्नुहोस्।मोल्डको सम्पर्कमा आएका लुगाहरू अन्य कपडाहरूबाट अलग्गै तातो पानीमा धुनुहोस्।
मोल्ड सफा गरेपछि, HEPA भ्याकुमले सबै सतहहरू भ्याकुम गर्नुहोस्। यस प्रकारका भ्याकुमहरूमा
फिल्टरहरू हुन्छन् जसले धुलो, परागकण, मोल्ड र ब्याक्टेरिया जस्ता साना कणहरू समात्छन्। भ्याकुममा
HEPA फिल्टर छ कि छैन भनेर पत्ता लगाउन निर्देशन पुस्तिका वा वेबसाइटमा हेर्नुहोस्।
व्यावसायिक मोल्ड हटाउन यदि मोल्डले १० वर्ग फिट भन्दा ठूलो क्षेत्र ढाक्छ भने, मोल्ड सफा गर्न व्यक्तिहरूलाई कल हेर्नुहोस्। यदि तपाईंले आफ्नो घर भाडामा लिनुहुन्छ वा मोल्ड भएको भवनमा काम गर्नुहुन्छ भने, आफ्नो घरधनी वा रोजगारदातासँग कुरा गर्नुहोस्। यदि मोल्ड समस्या समाधान भएन भने, अग्नि सुरक्षा विभागमा गुनासो दर्ता गर्न सक्छन्। कर्मचारीहरूले भर्मन्ट व्यावसायिक सुरक्षा र स्वास्थ्य प्रशासन (VOSHA) लाई १-८००-२८७-२७६५ मा सम्पर्क गर्न सक्नु हुन्छ।
यदि तपाईंको घरमा बाढी आएको छ र २४ देखि ४८ घण्टा भित्र सुकेको छैन भने त्यहाँ ढुडि हुनसक्छन्। बाढी आएपछि आफ्नो घरलाई पूर्ण रूपमा सुकाउन निश्चित गर्नुहोस्। यदि तपाईंको घर पूर्ण रूपमा सुख्खा छैन भने ढुडि फेरि आउन सक्छ। सफा गर्दा HEPA फिल्टरहरू प्रयोग गर्नुहोस्, र फैलिनबाट रोक्न प्लास्टिक प्रयोग गर्नुहोस्। सबै झ्याल ढोकाहरू खोल्नुहोस् र हावाको आवागमन बढाउन बन्द कोठामा पंखाहरू र डिह्युमिडिफायरहरू प्रयोग गर्नुहोस्।
घरबाट ढुडि हटाउन माथि भनिएका कुराहरू पालना गर्नुहोस्। तपाईंले कीटाणुहरू हटाउन बाढीको पानीको सम्पर्कमा आएका क्षेत्रहरूलाई कीटाणुरहित गर्न आवश्यक हुन्छ। आफ्नो घर सुरक्षित रूपमा सफा गर्ने बारे अर्को भिडियो यस भिडियो पछि आउनेछ। पहिले साबुन र पानीले सतहहरू सफा गर्नुहोस्, त्यसपछि क्षेत्रलाई कीटाणुरहित राख्नुहोस्।
याद राख्नुहोस्, मोलड या ढुडि बाट बच्ने मुख्य उपाय भनेको आफ्नो घर वा भवनलाई सुख्खा राख्नु हो। थप जानकारीको लागि यो वेबसाइटमा जानुहोस्।
धन्यवाद