MENU

Fun & Interesting

गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft.Balabhadranath #motivation Eps#43

Binu Pokhrel 138,311 6 months ago
Video Not Working? Fix It Now

GUEST: Balabhadranath HOST : Binu Pokhrel CAMERA/EDIT: Arya Digital DRESS: Bipu Collection (Phone-9843175755) भिडियो भित्र : गोरखनाथ, गोर्खा र पृथ्वीनारायण जय जय काली जय जय गोरख ।। नेपाल संसारभर सर्वोच्च शिखर सगरमाथाको देश,हिन्दु राज्य, बुद्धको देश र गोर्खालीहरुको देश जस्ता कुराले चिनिन्छ । गोर्खालीको साथमा आउने अर्को कुरा पनि छ त्यो हो तन्त्रले बनेको या गोरखनाथले बनाएको देश । हुन पनि संसारभर कब्जा जमाउंदै आएको अंग्रेजलाई सिमानामा रोक्ने र नेपाललाई उपनिवेश बन्न नदिने तिनै गोखरनाथका आशिर्वाद पाएका गोर्खाली सेना थिए । जसको पोषाक पुरै कालो हुन्थ्यो । जसको केटी टुकढी आजपनि हनुमानढोका दरवार स्क्वाएरमा देख्न सकिन्छ । बाँकी गोर्खाली सेनाको पोषाक त राजनैतिक परिर्वतन सँगै फेरियो । खासमा गोरखनाथ को हुनुहुन्थ्यो ? कसरी नेपाली सेनाको नाम गोर्खाली रहनगयो ? हिन्दुहरुमा त गोरखनाथलाई वेवास्था गर्दा धेरै कुरा गुमाउनु पर्ने चेतावनी नै हुन्छ । भारतका चार प्रमुख मठहरु पनि गोरखनाथ मठहरु नै हुन् । जसलाई चलायो भने देशको व्यावस्था कमजोर हुने ठानिन्छ । म पुगेको त छैन तर पाकिस्थानको पेशावरमा पनि गोरखनाथको मन्दिर छ । त्यहाँका मुसलमानहरु पूजा गर्छन् । आशो शिष्यलाई प्रवचनमा दिदा मेरो जीवनमा प्रभाव पार्ने प्रमुख चार बोधीहरुको नाम दिदा पतंजली, बुद्ध,महावीर र गोरखनाथको नाम लिनुभएको छ । अब प्रश्न उठ्छ एक सेनाले, फरक धर्म मान्नेले , वैज्ञानिक तर्क राख्ने गुरुहरुले पनि मानेका गोरखनाथ हुन चै को हुनुुहुन्थ्यो ? यो संवाद उनै गोरखनाथमा सर्मपाणर््ा छ । यतिमात्र भन्छु यो संवाद, इतिहास जान्न चाहाने, तान्त्रिक शक्ति जान्न चाहाने, देखि नेपाली सेनालाई संसारभर अब्बल मान्नको कारण खोज्नेहरुको लागि एउटा समग्र पुस्तक हो । त्यसैले गएर पड्काष्टको मजा लिनुस् । भवतु सब्ब मंगलम् । Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍 http://www.facebook.com/Binuebhi ►🐦 http://www.twitter.com/Binuebhi ►📸 http://instagram.com/Binupokhrel9 ►📧 [email protected] ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)

Comment