MENU

Fun & Interesting

|| सुनको जन्तर || Sunko Jantara || दोहोरी गीत | Dohori Song | Khadga Garbuja/Mina/Nita Pun/Gita Devi

Khadga Garbuja 5,917 1 year ago
Video Not Working? Fix It Now

गीत - सुनको जन्तर -दोहोरी गीत | Sunko Jantara - Dohori Song | Khadga Garbuja - Mina - Nita Pun - Gita Devi स्वर - खड्ग गर्बुजा/मीना गर्बुजा/नीता पुन/गीता देवी - Vocal - Khadga Garbuja / Mina Garbuja / Nita Pun / Gita Devi संगीत - खड्ग गर्बुजा - Music - Khadga Garbuja रचना - खड्ग गर्बुजा - Lyrics - Khadga Garbuja रेकर्डिस्ट - दिपेश प्रधान - Recordist - Dipesh Pradhan स्टुडियो - म्यूजिक नेपाल - Studio - Music Nepal केटा - हे छ महिनामा भयो नी भेट ! हुँदो रैछ नमरी बाँचे त !! सुनको जन्तर, मायाँको बोलीमा हो जादु मन्तर केटी - हे मनले देख्यो पाईएन आउन ! गारो भयो छ महिना बिताउन !! सुनको जन्तर, मायाँको बोलीमा हो जादु मन्तर केटा - हे हितको मायाँ नहुँदा साथमा ! न त भोक न निद रातमा !! सुनको जन्तर... केटी - हे टाढा हुँदा मन कस्तो कस्तो ! भेट भयो काखैमा लिउँ जस्तो !! सुनको जन्तर... केटा - हे न्याउली चरी वनमा रुन्थ्यो ! मेरै मायाँ रोए झैँ भान हुन्थ्यो !! सुनको जन्तर... केटी - हे नरोएको काँ हो र मै पनि ! मनमा शान्ती हुन्नथ्यो तैपनि !! सुनको जन्तर... केटा - हे हाँसीथेउ कि रोई थेउ तिमी खोई ! मन बुझाउने थिए कि अरु कोई !! सुनको जन्तर... केटी - हे नपत्याउने रैछ नी वानी ! देखाई दिउँला भिजेको सिरानी !! सुनको जन्तर... केटा - हे कस्तो हुन्छ बिछोडको पिडा ! था भो मलाई छ महिना छुट्टिंदा !! सुनको जन्तर... केटी - हे आज बल्ल सम्झेछौ मलाई ! निस्ठूरीको आएछ मन पलाई !! सुनको जन्तर... केटा - हे नसम्झेको थिएन दिन ! छ महिनामा हांसीन एकछिन !! सुनको जन्तर... केटी - हे खोजेँ मैले बिर्सन धेरै ! केहि लागेन बसें मन थामेरै !! सुनको जन्तर... केटा - हे सम्झनाले यो आँशु झरी ! जाहाँ बस्यो त्यहीँ बन्थ्यो पोखरी !! सुनको जन्तर... केटी - हे जस्तो तिमी उस्तै थेँ म पनि ! मुटुमाथि ढुङ्गाको छपनी !! सुनको जन्तर... केटा - हे सपनीमा देख्याथें नराम्रो ! लाथ्यो मनमा हुन्न कि भेट हाम्रो !! सुनको जन्तर... केटी - हे सपनीले सक्दैन पोल्न ! हाम्रो मायाँ को सक्छ बिथोल्न !! सुनको जन्तर... केटा - हे भेट हुन्छ भन्ने को जान्थ्यो र ! पापी मन त्यसै काँ मान्थ्यो र !! सुनको जन्तर... केटी - हे लामो लाग्थ्यो बिछोडमा छिन पनि ! भेट भयो छोटो भो दिन पनि !! सुनको जन्तर... केटा - हे काली कौवा धुरीमा कराउँथ्यो ! केहि भयो कि भनी मन डराउँथ्यो !! सुनको जन्तर... केटी - हे लाग्दैनथ्यो वाडुलकी पनि ! मन डराउँथ्यो बिर्सेछौ कि भनी !! सुनको जन्तर... केटा - हे जाहाँ गए जे गरे पनि ! तिम्रै रुप आँखैमा फनफनी !! सुनको जन्तर... केटी - अचम्मै छ मायाँको जात ! सम्झनाले सताउने दिनरात !! सुनको जन्तर... केटा - हे यहि त हो नी जीवनको वार ! अल्झेको छ मायाँ मै संसार !! सुनको जन्तर... केटी - हे मेरो भन्नु तिमी हौ सारा ! बाँचुन्जेल देउ मलाई सहारा !! सुनको जन्तर... केटा - हे कति राम्रो भयो नी मेल पनि ! धन्य रैछ मायाँको खेल पनि !! सुनको जन्तर... केटी - हे थापिदिएँ मैले नी हात ! अव टाढा नहुनु मा बाट !! सुनको जन्तर... नमस्कार ! म खड्ग गर्बुजा, नेपाली लोक संगीत को सेवक । लोक सङीत पृथ्वीमा मानव जातीको उत्पत्ति सङ्ग सङ्गै सुरु भएको हुनुपर्छ । त्यसैले त लोक सङ्गीत हरेक देश, समाज, समुदाय र भुगोल अनुसार फरक फरक पाईन्छ । यहि कारण नेपाली लोक सङ्गीत पनि नेपाली भूमिमा मानव जातीको शुरुवात सङ्गसङ्गै विकास भएको हुनुपर्छ । त्यसैले हाम्रो भौगोलिक हिसावले सानो मुलुकमा पनि जाती, समुदाय र भुगोलको आधारमा सैयौँ प्रकारका गीतसङ्गीत पाईन्छन । नेपाली लोक सङ्गीत नेपालीका लागि मनोरन्जनको साधनमात्रै नभै राष्ट्रको पहिचान र सम्पदा पनि हो । त्यसैले हाम्रो लोकसङ्गीत लाई सभ्य, अनुसासित, शालीन र मर्यादित बनाउन जरुरी छ । आजसम्म मलाई नेपाली सङ्गीतसङ्गै जोडिदीनुहुने मेरा असंख्य दर्शकश्रोता प्रति हार्दिक आभार प्रकट गर्छु । आजसम्म बचाउनु भएको छ । आगामी दिनमा पनि मलाई मायाँ र हौसला प्रदान गरेर बाँच्ने र नेपाली गीतसङ्गीत को सेवा गर्ने उर्जा प्रदान गर्नुहुनेछ भन्नेमा म बिश्वस्त छु । मेरो youtube channel लाई like, subscribe, share, comment के के भन्छन, तपाईँहरु लाई नै सबै थाहा छ । हो, ती सबै गरीदिनुहुन पनि हार्दिक अपिल गर्दछु । साथै गरिदिनु भएकोमा हार्दिक नमन र अभिनन्दन पनि गर्दछु । Social Links:- Facebook https://www.facebook.com/profile.php?id=100000687993790 Facebook page https://www.facebook.com/profile.php?id=100094288900886 Instagram :-https://www.instagram.com/khadga_garb... Twitter :-https://mobile.twitter.com/khadgagarbuja Google acc :-https://plus.google.com/1122493141799... You tube :-https://www.youtube.com/channel/UC7nf... Contact Me:- 9851093237 Join this channel to get access to perks: Join this channel to get access to perks: https://www.youtube.com/channel/UC7nfclcJ2nRS3kThSywSlDw/join यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेर कानुन बमोजिम दण्डित गर्न मलाई वाध्य नपार्नुहोला । साथै तपाईहरु प्रति रहेको मेरो उच्च सम्मानबाट तल झर्ने काम पनि नगर्नुहुन अनुरोध छ । धन्यवाद । Embedding to a website is allowed

Comment