Palace Tragedy, Police Reform & Maoist Conflict : Ex-AIGP Surendra Bd Shah Explains
» Subscribe our channel: https://www.youtube.com/@sudheerktm1
≈ नेपाल प्रहरी : इतिहास र वर्तमान ≈
भूतपूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाह काठमाडौंस्थित अध्ययन संस्था- ‘सेन्टर फर सेक्युरिटी एण्ड जस्टिस स्टडिज’का अध्यक्ष हुन् । उनीसँग सुरक्षा मामिला, प्रहरी सुधार, इन्टेलिजेन्स आदिको सैद्धान्तिक र व्यवहारिक दुवै किसिमको ज्ञान छ ।
खासगरी नेपालमा ‘पुलिसिङ’को इतिहासदेखि वर्तमानसम्मका आयामहरुलाई उनले यो कुराकानीमा विस्तृत रुपमा खुलाएका छन् । अनि, २०१२ सालयता अहिले पहिलोपटक प्रहरी ऐन फेर्ने क्रममा गम्भीर गडबढी भइरहेकोतर्फ औंल्याएका छन् । हाल संसदमा दर्ता गरिएको प्रहरी विधेयक जस्ताको त्यस्तै पारित गरियो भने नेपाल प्रहरीको सुपरिवेक्षणमात्र होइन, सञ्चालनसमेत सीधै निजामती कर्मचारीले गर्ने अवस्था आउने उनको तर्क छ ।
कुनै समय राजा वीरेन्द्रको एडिसीसमेत रहेका शाहले राजदरबार हत्याकाण्डलगत्तैको घट्नाक्रमलाई नजीकबाट नियाल्न पाएका थिए । त्यो घट्नापछि २०५८ जेठ १९ गते रातभरी छाउनी अस्पतालमा जे–जे भयो, त्यसका प्रत्यक्षदर्शी थिए उनी । यो अन्तर्वार्तामा उनले मुमा बडामहारानी रत्नले त्यहाँ आएर दिएको निर्देशनलगायत दरबार हत्याकाण्डका केही महत्वपूर्ण पाटाहरुको चर्चा गरेका छन् ।
यसबाहेक माओवादी सशस्त्र द्वन्द्वका बेला अलिकतिले मात्र ज्यान जोगिएको अनुभवदेखि माओवादीका तेस्रो वरियताका नेतालाई पक्रन सरकारबाटै अनुमति नपाएको असामान्य घट्नासमेतलाई उनले यो कुराकानीमा खोलेका छन् ।
#aniaba #अनिअब #SurendraBahadurShah #nepalpolice #policing #sudheersharma #sudheersharmapodcast #securitysystem #royalpalace #kingbirendra #dipendra #ratna #royalfamily #maoists #prithvinarayanshah #nepalhistory #nepal
------
» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri
------
» And, please stay in touch:
Facebook: https://www.facebook.com/sudheerktm
Tiktok: https://www.tiktok.com/@sudheerktm1
Twitter: https://x.com/sudheerktm
Instagram: https://www.instagram.com/sudheerktm
» Subscribe our channel: https://www.youtube.com/@sudheerktm1