Hello ! I'm Bishal Jeet Palikhe
freelance media person from Nepal
.This channel will introduce you various media related things like news, views, info and training materials.
करिब २८ बर्षको सरकारी नोकरी (रेडियो नेपाल) को यात्रालाइ टुंग्याएर यो च्यानल लिएर हजुरहरु माझ आएको छु । करिब १३ बर्ष नोकरी गर्न बाँकी रहदा रहदै ब्यवस्थापकको दमन सहन गर्नु भन्दा स्वतन्त्र रहनु मुनासिव लागेर सरकारी नोकरीको यात्रालाइ बिट मारेको हु । २८ बर्षको नोकरी जीबनमा जनताको नोकरको रुपमा सरकारी सेवामा लागेको लाग्दथ्यो तर त्यो होइन रहेछ राजनैतिक दलका कार्यकर्ताको नोकर बनेको रहेछु जस्तो लाग्यो । नोकरीको क्रममा कति कुरा बोल्न मिल्ने कति बोल्न नमिल्ने हुने रहेछ सरकारको अधिनमा रहेको सञ्चार सँस्था भएकोले । त्यहि भएर स्वतन्त्र संचारकर्मीको रुपमा हजुरहरु सामु उपस्थिति जनाउन यो च्यानल मार्फत आएको छु । पूर्व सँस्थाबाट सबैको सामु सूचना पुर्याउन अझैपनि मलाइ रोकतोक भइनै रहेको छ । यसको बाबजुत पनि यो च्यानल मार्फत आफ्ना, तपाइका र हाम्रा कुरा निरन्तर राख्ने प्रयास गर्ने छु । कृपया च्यानल subscribe गरिदिनु हुन अनुरोध गर्दछु ।