MENU

Fun & Interesting

Shahid Lakhan Rural Municipality, Gorkha

Shahid Lakhan Rural Municipality, Gorkha

शहिद लखन गाउँपालिका नेपालको संविधान २०७२ को कार्यान्वयनको क्रममा स्थानीय तहको गठन आदेश बमोजिम मिति २०७३ फाल्गुन २७ गते गठन भएको हो। गोरखा जिल्लालो दक्षिणपूर्वी भागमा रहेको यस गाउँपालिकामा साविकका बक्राङ्ग, मनकामना, ताक्लुङ्ग, घैरुङ्ग, बुंकोट र नामजुङ्ग गा.वि.स.हरु समावेश भइ यस गाउँपालिकाको गठन भएको हो। यस क्षेत्रफल १४९.०३ वर्ग कि.मि. र जनसंख्या २७,५५५ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा भिमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिकार धादिङ्ग जिल्ला, पश्चिममा गोरखा नगरपालिका र तनहुँ जिल्ला, उत्तरमा भिमसेन थापा गाउँपालिका र गोरखा नगरपालिका, दक्षिणमा गण्डकी गाउँपालिका, तनहुँ जिल्ला र चितवन जिल्ला रहेको छ। यस गाउँपालिकामा मगर, गुरुङ्ग, नेवार, क्षेत्री, ब्राम्हण, चेपाङ्ग र दलितहरुको मुख्य बसोवास रहेको छ भने अन्य जातिहरुमा बराम, मुस्लिम, माझी आदिको पनि बसोबास रहेको छ। नेपालकै प्रथम शहिद लखन थापा मगर र जैयसिंह चुमी मगरको रगतले सिंचित बुंकोटको काहुले भंगार अर्को ऐतिहासिक पर्यटकीय गन्तब्य स्थल हो।