“कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ, 11 र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।”
फिलिप्पी 2:10-11
“किनकि लेखिएको छ, “प्रभु भन्नुहुन्छ, ‘जस्तो म जीवित छु, प्रत्येक घुँड़ा मेरो सामने टेकिनेछ, र हरेक जिब्रोले परमेश्वरको प्रशंसा गर्नेछ’।””
रोमी 14:11
“अनि स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि, समुद्र र त्यहाँ भएको हरेक प्राणीले यसो भनिरहेको मैले सुनें, “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई स्तुति, सम्मान, महिमा, र सामर्थ्य सदासर्वदा होस्।””
प्रकाश 5:13
“जब मैले उहाँलाई देखें, तब म मरेतुल्य भएर उहाँका पाउमा परें। तर उहाँले आफ्नो दाहिने बाहुली यसो भनेर ममाथि राख्नुभयो, “नडराऊ, आदि र अन्त्य 18 र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन्।”
प्रकाश 1:17-18