MENU

Fun & Interesting

मान भनेर आज्ञा गर्नुभएको निस्तार-चाड पवित्र भोज 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

Video Not Working? Fix It Now

【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] [परमेश्वरको आज्ञाअनुसार निस्तार-चाड मान्ने परमेश्वरको मण्डलीका सन्तहरू] निस्तार-चाडको रोटी र दाखमद्य खाने र पिउनेलाई येशूज्यूले अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको छ । येशूज्यूलाई विश्वास गर्नेले उहाँका शिक्षाहरूलाई पनि पछ्याउनुपर्छ । येशूज्यूले आज्ञा गर्नुभएको नयाँ करार निस्तार-चाड, पत्रुस र यूहन्नाले माने, र सुरुको मण्डलीको सुसमाचारको केन्द्रीय पात्र भन्न सकिने प्रेरित पावलले पनि माने । अनि वर्तमान समयमा परमेश्वरको मण्डलीका सन्तहरूले पवित्र रूपले मानिरहेका छन् । [नयाँ करार निस्तार-चाड पुनर्स्थापन गरिदिनुभएका आन साङ होङ परमेश्वर] एक चोटि जन्मेपछि मर्नुबाहेक अर्को विकल्प नभएका मानव-जातिलाई परमेश्वरले अनन्त जीवन दिनुभएर आफ्ना छोरा-छोरी बनाउनको निम्ति उहाँको आफ्नो देह र रगत प्रदान गर्नुभयो । ई.सं ३२५मा हटाइएको नयाँ करार निस्तार-चाडलाई पुनर्स्थापन गरिदिनुभएका आन साङ होङज्यू नै पवित्र आत्माको युगका मुक्तिदाता, हाम्रा परमेश्वर हुनुहुन्छ । लूका २२:१५ उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ...” 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

Comment