MENU

Fun & Interesting

संसारका नून र ज्योति ख्रीष्टियानको जीवन 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

Video Not Working? Fix It Now

【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] [ख्रीष्टियानको रूपमा हामीहरू अनुग्रहात्मक जीवन जिएको चाहनुहुने परमेश्वर] आदिदेखि अन्तसम्मका कुराहरूलाई हेर्नुहुने परमेश्वरले मानव-जतिको मुक्तिको निम्ति बाइबलका वचनहरूमा कदापि थपघट नगर्नू भनेर कडा चेताउनी दिनुभएको छ । बाइबलमा शबाथ-दिन, निस्तार-चाड लगायतका परमेश्वरका आज्ञाहरू पालन गर्न र ख्रीष्टियानको रूपमा संसारको नून र ज्योति बनेर जिउन सिकाइएको छ । [सुकर्मद्वारा परमेश्वरको महिमा प्रकट गर्ने परमेश्वरको मण्डलीका सन्तहरू] परमेश्वरले इस्राएलीहरूलाई कनानको भूमिमा डोऱ्याउनुभएर आशिष् दिनुभएजस्तै यस वर्तमान युगमा पनि आन साङ होङ परमेश्वर र माता परमेश्वरको शिक्षाअनुसार हामीले परिवार, कार्यस्थल र छिमेकमा रहेका सबै मानिसहरूमाझ परमेश्वरको महिमा प्रकट गऱ्यौं भने ख्रीष्टियान भएअनुरूपको जीवन पूर्ण रूपमा जिएको मान्यता पाएर स्वर्गको आशिष् समेत प्राप्त गर्नेछौं । मत्ती ५:१६ “यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून् ।” 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

Comment