MENU

Fun & Interesting

जीवनको उद्धारक परमेश्वर【आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता】

Video Not Working? Fix It Now

【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] [नरकको दण्डबाट छुटकारा गरिदिनुभएका जीवनको उद्धारक, आन साङ होङ परमेश्वर] यस पृथ्वीमा जन्मेका सम्पूर्ण मानव-जातिहरू स्वर्गमा गरेको जघन्य पापका कारण मृत्युको पीडा र नरकको दण्ड भोग्नुबाहेक अर्को कुनै विकल्प नभएका अस्तित्वहरू हुन् । हामी मानव-जातिलाई मुक्ति दिनको निम्ति क्रूसमा कष्टसमेत भोग्नुभएका परमेश्वरप्रति सधैँ कृतज्ञ भएर हामीले यो विश्वासको बाटो हिँड्नुपर्छ । [परमेश्वरले दिनुभएको मुक्तिको अनुग्रहप्रति हर्ष र धन्यवादले भरिएको परमेश्वरको मण्डली] ४०० वर्षको दासत्वको जीवनबाट मुक्त गरिदिनुभएका परमेश्वरको शक्ति र अनुग्रहलाई बिर्सेर परमेश्वरको विरुद्ध गनगन गरेको परिणामस्वरूप नष्ट भएका इस्राएलीहरूको इतिहासबाट शिक्षा लिँदै परमेश्वरको मण्डलीका सन्तहरू सधैँ धन्यवादी जीवन जिउन प्रयत्न गर्छन् । [१ कोरिन्थी १०:६-१२] उनीहरूले जस्तै हामीले खराबीको इच्छा नगरौं भनी यी कुरा हाम्रो चेताउनीको लागि हुन् । ... यी कुराहरू तिनीहरूलाई उदाहरणको रूपमा भएथे र हाम्रै शिक्षाको निम्ति लेखिएका हुन्, जसमाथि युग-युगको अन्त्य आइसकेको छ । यसकारण जसले खडा छु भनी सोचेको छ, त्यो होशियार रहोस्, नत्रता त्यो लड्नेछ । 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

Comment