【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
आशापूर्ण बोली सुनाउने परमेश्वरको मण्डली
परमेश्वरले निराशामा परेका मानिसहरूलाई
आशापूर्ण बोली सुनाउनुभयो । संसारका थुप्रै
बोलीहरूमध्ये सबैभन्दा मूल्यवान् र ठूलो बोली नै
एक आत्मा बचाउने बोली हो ।
“जुन वचन मैले तिमीहरूसँग बोलेको छु, ती आत्मा र जीवन हुन् ।” (यूहन्ना ६:६३)
“म जान्दछु, कि उहाँको आज्ञा अनन्त जीवन हो ।” (यूहन्ना १२:५०)
मुक्ति र आशिष् प्राप्त गर्न सकिने विश्वासको बोली
येशूज्यूसँगै क्रूसमा टाँगिएका डाँकूहरूमध्ये एक जनाले
येशूज्यूको प्रतिरक्षा गर्दै आशिष्को निम्ति बिन्ती गर्ने बोलीद्वारा मुक्ति पायो ।
यहोशू र कालेबले पनि विश्वासको बोलीद्वारा आशिष् प्राप्त गरे ।
विगतमा घटेका इतिहासचाहिँ वर्तमान हाम्रो लागि महत्त्वपूर्ण शिक्षा हो ।
स्वर्गमा पाप गरेर यस पृथ्वीमा धपाइएका र मृत्युतर्फ दौडिरहेका
मानिसहरूलाई मुक्तिसम्बन्धी आशापूर्ण बोली आवश्यक पर्दछ ।
परमेश्वरको मण्डलीले सुनाउने आशापूर्ण बोली विश्वव्यापी गाउँको
हरेक कुना-कन्दरामा पुग्न सकोस्, ताकि सबै मानिसहरूले निराशाबाट
मुक्त भएर साँचो खुशी प्राप्त गर्न सकून् ।
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com