MENU

Fun & Interesting

आयो संसारले हेनुपर्ने भिडयो Kala Ghar Sindhuli जाल्पाली पन्चेबाजा समुह कलाघरमा Jalpali Panchebaja

Kala Ghar Sindhuli 5,676 lượt xem 2 months ago
Video Not Working? Fix It Now

कलाघर सँग मितेरी साइनो जोड्दै जाल्पाली पन्चेबाजा समुह 🙏
हार्दिक सम्मान सहित हामी आभारी छौ । पाल्पा जाल्पा देखी कलाघर सम्झीएर नौमती पन्चेबाजा सहित ४१ जना आमाबुबा हरु कलाघर आइपुग्नुभएको छ । पौष १ गते रात्रीकालीन स्वागत सँगै आज २ गते सांगितक भलाकुसारी गरेका छौँ । जाल्पालीको पन्चेबाजामा कलाघर नाच्ने अनि कलाघरको पन्चेबाजामा जाल्पाली नाच्ने, सखुदुखका कुरा आदान प्रदान सँगै दोहोरी पनि चलेको छ । कलाघरमा पाइलो सँगै जे जस्तो स्वीकारी पाहुनाको रुपमा कलाघरमा नै रहिदिनुभएकोमा हार्दिक आभारी छाँै । उहाँहरुले देखाउनुभएको सामिप्यता सद्भाव प्रति हामी सिंगो कलाघर परिवार कृतज्ञता छौँ । आज काठमाण्डौ हुदै पाल्पा फर्कीने यात्राको निम्ती शुभयात्राको कामना गर्दै नियमित भेटघाट सहकार्य हुने हामी विचको पारिवारिक परिवेशले हामी निक्कै हर्सित छौ ।
कलाघरथप स्तरउन्नती होस भनी हामिलाइ रु 15000 सहयोग गरि थप आफ्नोपन आभास गराइदिनुभएको छ ।
रनबिर बरालमगर लगायत सम्पुर्ण उपस्थीत मान्यजन प्रति हृदय देखी हार्दिक आभार व्यक्त गर्दै कलाघरले फेरी हजुरहरुको आगमनको अपेक्षा राख्दछौ ।

Comment