[परमेश्वरले सन्तानहरूलाई किन
‘इसहाक’जस्तै प्रतिज्ञाका सन्तान भन्नुभएको होला ?]
बाइबलमा, परमेश्वरका सन्तानहरूलाई
अब्राहामका उत्तराधिकारी भएका इसहाकजस्तै हुन्,
अनि सियोनमा रहनेहरू खुशी र आनन्दित हुनेछन् भनेर
अगमवाणी गरिएको छ ।
योद्वारा, परमेश्वरले सियोनका सन्तानहरू
इसहाक भन्ने नाउँको अर्थजस्तै, सधैँ खुशी र
आनन्दित भएको चाहनुहुन्छ भनेर जान्न सकिन्छ ।
त्यसैले स्वर्गको आशा लिएर परमेश्वरको प्रेम बाँड्दै
जिइरहेका परमेश्वरको मण्डलीका सन्तहरूको ओठ
सधैँ धन्यवाद र हाँसोले भरिएको हुन्छ ।
[अनन्त जीवनका डिजाइनरको रूपमा आउनुभएका
पवित्र आत्मा र दुलही, ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वर]
घर निर्माण गर्ने कोही डिजाइनर भएजस्तै, सम्पूर्ण मानव-जातिले चाहने
अनन्त जीवनको पनि डिजाइनर हुनुहुन्छ ।
सारा ब्रह्माण्डमा अनन्त जीवन लिनुभएका व्यक्ति
परमेश्वरबाहेक कोही छैन । त्यसैले मानव-जातिलाई
अनन्त जीवन दिनको निम्ति पिता आन साङ होङज्यू र
माता परमेश्वर यस पृथ्वीमा आउनुभयो ।
उत्पत्ति १७:१९
तब परमेश्वरले भन्नुभयो, “हो, तर तेरी पत्नी
साराले नै तेरो लागि एक जना छोरा जन्माउनेछे,
र तैंले त्यसको नाउँ इसहाक(हाँसो) राख्नेछस् ।”
गलाती ४:२८
अब हे भाइ हो, इसहाकजस्तै हामी पनि
प्रतिज्ञाका सन्तान हौं ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne