MENU

Fun & Interesting

ईश्वरले झारिदिएको भोजन, परमेश्वरको मण्डलीको निस्तार-चाड

World Mission Society Church of God 23,687 lượt xem 7 years ago
Video Not Working? Fix It Now

【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

आधुनिक समाजमा भोजनद्वारा स्वस्थ रहन चाहने मानिसहरू धेरै छन् ।
मानिसहरूले आयु लम्ब्याउन मद्दत पुऱ्याउने सुपर फुडलाई
ईश्वरले झारिदिएको भोजन भन्ने गर्छन् ।
तर साँचो परमेश्वरले झारिदिनुभएको भोजन फरक छ ।

परमेश्वरले झारिदिनुभएको मन्न नै नयाँ करार निस्तार-चाड
परमेश्वरले कनानतर्फ गइरहेका इस्राएलीहरूका निम्ति
उजाड-स्थानमा ४० वर्षसम्म हरेक दिन मन्न झारिदिनुभयो ।

पुरानो करार र नयाँ करारबीचको सम्बन्ध
छाया र वास्तविकताजस्तै छ ।
उजाड-स्थानमा इस्राएलीहरूले खाएको मन्नले
येशूज्यूलाई सङ्केत गर्दछ ।
अनि अनन्त जीवन दिनुहुने जिउँदो रोटी हुनुभएका
येशूज्यूलाई खाने तरिका नयाँ करार निस्तार-चाडमा समाहित छ ।

परमेश्वरको मण्डलीमा मनाइने निस्तार-चाडको रोटी र दाखमद्य नै
साँचो ईश्वरले झारिदिनुभएको भोजन हो ।

यूहन्ना ६:५१-५७
“स्वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ ।
कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ ...
त्यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ ।”

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com

Comment