MENU

Fun & Interesting

स्वर्ग-राज्यको रहस्य र ख्रीष्ट | परमेश्वरको मण्डली

Video Not Working? Fix It Now

[मानव-जातिले मुक्तिको निम्ति जान्नैपर्ने
स्वर्ग-राज्यको सबैभन्दा ठूलो रहस्य]
सियोनका सन्तहरूलाई पढाइ, स्वयंसेवा गतिविधि
र विश्वासको जीवन जस्ता उल्लेखनीय उपलब्धिहरूको निम्ति
प्रशंसा गरिन्छ, तर तीमध्ये सबैभन्दा महत्त्वपूर्ण भनेकै
स्वर्ग-राज्यको रहस्य हुनुभएका आन साङ होङज्यू र
माता परमेश्वरप्रतिको विश्वास हो ।

[आत्मिक दाऊदको रूपमा आउनुभएका
परमेश्वरले सिकाइदिनुभएको मुक्तिको मार्ग के होला ?]
राजा दाऊदको मृत्यु भएको सयौँ वर्षपछि, इजकिएल अगमवक्ताले
अन्त्यका दिनहरूमा परमेश्वर नयाँ करार लिएर दाऊदको रूपमा
फेरि आउनुहुनेछ भनेर अगमवाणी गरे । आत्मिक दाऊदको रूपमा आउनुभएका
आन साङ होङज्यूले ई.सं. ३२५मा हटाइएको नयाँ करार निस्तार-चाड
पुनर्स्थापन गरिदिनुभयो । साथै उहाँले नयाँ करारको वास्तविकता हुनुभएकी
माता परमेश्वरकहाँ गएमा मात्र मुक्ति पाउन सकिन्छ भन्ने तथ्यबारे थाहा दिनुभयो ।

इजकिएल ३७:२५-२७
“मेरो दास दाऊद सदासर्वदाको निम्ति तिनीहरूको राजकुमार हुनेछ ।
म तिनीहरूसित शान्‍तिको करार बाँध्‍नेछु, र त्‍यो सदासर्वदाको निम्‍ति हुनेछ ।
... म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्‌ ।”

यर्मिया ३१:३१-३३
परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग
र यहूदाको घरानासँग म एउटा नयाँ करार स्‍थापना गर्नेछु । ...
तिनीहरूका मनमा मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका
हृदयमा त्‍यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु,
र तिनीहरू मेरा प्रजा हुनेछन्‌ ।”


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Comment