MENU

Fun & Interesting

बाइबलअनुसार पूरा हुने कुराहरू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Video Not Working? Fix It Now

[बाइबलको अगमवाणीअनुसार पूरा भएको
इतिहासले हामीलाई के देखाउँछ ?]
परमेश्वरले दानिएल जिएको बेबिलोनको समयमा, पछि गएर
मादी-फारस, ग्रीस र रोम जस्ता देशहरू खडा हुनेछन् भन्नेबारे
अगमवाणी गरिदिनुभयो । अनि उहाँले बाइबल विज्ञानभन्दा
अगाडि छ भनेर पनि गवाही दिनुभयो । यी कुराहरूद्वारा,
मानव-जातिले भविष्यमा प्रवेश गर्ने महिमित स्वर्ग-राज्यलाई
विश्वास गर्दै आशा लिएको परमेश्वर चाहनुहुन्छ ।

[बाइबलको वचनलाई थपघट नगरी जस्ताको तस्तै
विश्वास गर्नुपर्ने कारण के होला ?]
पहिलो आगमनका येशूज्यूको कार्य, दोस्रो आगमनका आन साङ होङज्यू
र माता परमेश्वरसम्बन्धी अगमवाणी र सन् १९४८मा भएको इस्राएल
देशको स्वतन्त्रता, सबै बाइबलको अगमवाणीअनुसार पूरा भए । अनि
हिजोआज विभिन्न प्रकोप र जलवायु समस्याका कारण जोखिममा परेका
मानव-जातिको निम्ति परमेश्वरले छोडिदिनुभएका अगमवाणीहरू पनि छन् ।
विपत्तिबाट बच्नको निम्ति मानव-जाति चाँडै सियोनमा भागेर
जानुपर्छ भनेर परमेश्वरले बताउनुभयो ।

२ पत्रुस ३:६-७
त्‍यही पानीबाट त्‍यस समयको संसार जलप्रलयमा डुबेर नष्‍ट भयो ।
तर त्‍यही वचनले भक्तिहीन मानिसको इन्‍साफ र विनाशका
दिनसम्‍मको लागि अहिलेको आकाश र पृथ्‍वी
आगोको निम्‍ति साँचिराखिएका छन्‌ ।


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Comment